सशस्त्रद्वारा झण्डै दुई क्विण्टल गाँजा बरामद
सशस्त्र प्रहरी बल नेपालले सर्लाहीबाट एक सय ८८ केजी गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्रको नम्बर १० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले उक्त परिमाणको गाँजा गएराति बरामद गरेको बताइएको छ ।
मलंगवा नगरपालिका ११ गम्हरियास्थित झिम खोला बाँध इलाकाबाट लुकाइ छिपाई भारततर्फ लैजाँदै गरेको एक सय ८८ दशमलब ९ केजी गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा आवश्यक कारबाहीको प्रक्रियामा रहेको बताइएको छ ।