सिमसार क्षेत्र पुर्न लगिएका दुईवटा टिपर महानगरको नियन्त्रणमा
फेवातालको सिमसार क्षेत्र पुरिरहेको अवस्थामा पोखरा महानगरपालिकाले दुई वटा टिपर नियन्त्रणमा लिएको छ ।
वाइयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक युवराज खतिवडाको टिपर महानगरपालिकाले समातेको हो । रामसार क्षेत्र पुर्नका लागि खटिएका उनकै दुई वटा जेसिबी र एउटा टिपरको चाबी पनि महानगर प्रहरीले खोसेको छ ।
पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि सवारी साधन नियन्त्रणमा लिनुपरेको पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए । उनका अनुसार खतिवडा महानगरको …