मनमोहनलाई स्टाफ नर्स चाहियो
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगंजअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा स्टाफ नर्स मागेको छ । आज सूचना निकालेर मनमोहनले दरखास्त आह्वान गरेको हो ।
स्टाफ नर्स पदको स्थायी दरबन्दीमा त्रिवि सेवा आयोगबाट स्थायी पदपूर्ति नहुँदासम्मका लागि करार सेवामा पदपूर्ति गर्न बीस (२०) जना स्टाफ नर्सको आवश्यकता रहेको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई आगामी चैत २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।…