ठोरीमा राम,कर्णालीमा बिदा
कर्णाली प्रदेश सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेश सरकारले राम नवमीको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा दिन लागेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष मन्त्रिपरिषद बैठकको निर्णयानुसार भोलि राम नवमीको अवसरमा बिदा दिने निर्णय गरिएको बताए ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म चितवनको माडी नजिकै भएको बताउँदै त्यहाँ राम मन्दिर बनाउने घोषणा गर्नुभएको थियो । उहाँले बालुवाटारबाट रथयात्रा गर…