मीटरब्याज पीडितले लखेटे ज्ञानेन्द्र शाहीलाई
काठमाडौँमा भेला भएका मीटरब्याज पीडितहरूले राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई राजावादी भन्दै माइतीघरबाट लखेटेका छन् ।
आज मीटरब्याज पीडितहरूकाे आन्दोलनमा समर्थन जनाउन भन्दै माइतीघर पुगेका सांसद शाहीसहित अन्य राजावादी त्यहाँबाट हटाइएका हुन्।
पीडितहरूले राजा–महाराजाकाे पालाबाटै मीटरब्याजकाे समस्या भोग्दै आएकाेले राजावादीकाे समर्थन नचाहिने बताएका छन् ।
बर्दिबासदेखि काठमाडाैँ आएका मीटरब्याज पीडितहरूले अहिले सडक आन्दोलन गरिरहेका छन् ।मीटरब्याजका कारण समस्यामा परेका उनीहरू न्यायकाे खाेजीकाे लागि ११ दिन हिँडेरै काठमाडाैँ आएका हुन् ।
टिप्पणीहरू