बाबुछोरा मिलेर वडाध्यक्षका चार वटा दाँत झारे
बैतडीमा बाबुछोराले वडा अध्यक्षलाई कुटपिट गरेका छन् । मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीमाथि निर्घात कुटपिट भएको बताइएको छ ।
मेलौली १, का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगी वडाध्यक्ष कुटपिटको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार वडाध्यक्षको चार वटा दाँत भाँचिएको छ ।
जनार्दन नेगी वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी हुन् । वडाध्यक्षलाई थप उपचारको निम्ति डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । घटनाको थप …