वसन्त ऋतुको मनमोहक वातावरणमा तिब्बतमा हुईंकिरहेको ‘बुलेट ट्रेन’
विकासको दृष्टिकोणले कुनै समय निकै पछाडि रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रमा अहिले द्रुत गतिको रेल दौडिन थालेको छ । वसन्त ऋतुको मनमोहक वातावरणमा गुड्दै गरेको रेलले तिब्बतको विकासलाई छर्लङ पारेको बताइन्छ ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार तिब्बतको यिङ्ची क्षेत्रमा बढ्दै गएको हरियाली, फूलको छेउबाट अन्य विकसित क्षेत्रमा झैँ द्रुतगतिको रेल दौडिएको छ ।
चीनमा द्रुत गतिको रेल सेवा शुरु भएको दुई दशक पुग्न लागेको छ । सन् २००४ मा सांघाईमा त्यस किसिमको रेल सेवाको …