बिजुली चुहावटमा कमी, अझै कम गर्ने प्राधिकरणको दाबी
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिनामा विद्युत चुहावटमा उल्लेख्य कमी आएको बताएको छ । प्राधिकरणले वितरणतर्फको विद्युत चुहावट सात दशमलव ९९ प्रतिशतमा सीमित भएको जानकारी दिएको छ ।
नियमित रुपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालित अभियानबाट प्राधिकरणले गत वर्षको तुलनामा एक दशमलव ६६ प्रतिशतले चुहावट घटाएको बताइएको छ ।
गत वर्षको माघ महिनासम्म वितरणतर्फको विद्युत चुहावट ९ दशमलव ३५ …