विद्याका समर्थकलाई एमालेमा बन्देज
नेकपा एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षधर जनवर्गीय संगठनका नेताहरू भटाभट कारवाहीमा पर्न थालेका छन् ।
भण्डारीको सदस्यता खारेज गर्दै राजनीतिक प्रतिवन्ध लगाउने केन्द्रीय समितिको निर्णयपछि जनवर्गीय संगठनमा उनी समर्थित नेता-कार्यकर्तामाथि कारवाहीको तरबार उज्याइएको हो । पछिल्लो पटक सामाजिक सञ्जालमार्फत पूर्व राष्ट्रपतिको पक्षमा धारणा राख्ने युवा संघका दुई नेता निलम्बित भएका छन् ।
गत साता केन्द्रीय कमिटी बैठक उद्दघाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेता-कार्य…