प्रचण्डको आग्रह, महराको समर्थन
नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने पार्टीहरूसँग एकता प्रक्रिया अगाडि बढाउन उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजकको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले नै महरालाई उक्त जिम्मेवारी सुम्पिनुभएको बताइन्छ ।
स्रोतका अनुसार अध्यक्ष दाहाल डेढ साताअघि महरा निवास पुगेर पार्टी एकताका विषयमा छलफल गर्नुभएको थियो । दाहालले पार्टी निर्माणको संघर्ष, विगतको सहयात्रा, पार्टीको वर्तमान अवस्था र आन्तरिक द्वन्द्वबारे समीक्षा गर्दै महरासँग सहयोगको ठूलो अपे…