राप्रपामा थपियो अर्को रडाको
पूर्व पञ्चहरूको पार्टी राप्रपामा अर्को रडाको मच्चिएको छ । केन्द्रमा संस्थापन इतर खेमाका नेताहरुलाई छानीछानी कारवाहीको तरबार उज्याइएका बेला एकजना केन्द्रीय सदस्यले पार्टी छोडेका छन् भने अर्का एकजना कुटिएका छन् ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले राजु गैरेलाई भकुरेका हुन् । कडायतले टाउकोमा हेल्मेटले हानेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा छरप्रष्ट भएको छ । यसअघि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले अध्यक्ष लिङ्देनको अत्याचार अचाक्ली बढेको भन्दै पार्टी छो…