कुलिङ पिरियड छेडखानी छानबिन समितिमा यसकारण किचलो
संघीय निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ पिरियडको प्रावधानलाई निस्तेज पर्नेगरी भएको छेडखानी छानविन गर्न गठित संसदीय विशेष समितिको निष्पक्षतामाथि प्रश्न उठेको छ ।
सात सदस्यीय समितिमा रहेका सत्ता र प्रतिपक्षका सांसदहरू परस्पर दुई कित्तामा विभाजित भएपछि वस्तुनिष्ठ प्रतिवेदनमा आउनेमा शंका उब्जिएको हो ।
असार २३ गते गठित उक्त समितिलाई दिइएको २८ दिनको समयावधी (म्याद थपसहित) गएराति १२ बजेबाट समाप्त भएकाले आज १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेश गर्…