कुलिङ पिरियड छानबिन समितिको ११६ पेज लामो प्रतिवेदन सार्वजनिक
संघीय निजामती सेवा विधेययकको ‘कुलिङ अफ पिरियड’ गडबडी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिका संयोजक जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका छन् ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठन गरिएको समितिले २९ दिन लगाएर सरोकारवालासँग छलफलपश्चात प्रतिवेदन तयार गरेको हो । ११६ पृष्ठको प्रतिवेदनमा कुलिङ पिरियडमाथि भएको छेडखानीका लागि कसैलाई…