नागरिकता समस्या सुल्झाउन गृहमन्त्रीले कार्यविधि बनाउने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधानको प्रयास गर्ने बताएका छन् ।
सरोकारवालाहरुसँग छलफल गरी प्राप्त निष्कर्षलाई समेटेर नागरिकता सम्बन्धी तमाम समस्या समाधान गर्ने सरकारको तयारीबारे उनले जानकारी गराएका हुन् । त्यसका लागि निकट भविष्यमा नै कार्यविधि बनाउने लामिछानेले बताए ।
‘नेपाल सरकारले, गृह मन्त्रालयले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने कोशिस गरिरहेको परिप्रेक्ष्यमा सम्पूर्ण सरोक…