'मदन भण्डारीबाट सदस्यता लिएको हुँ, कसैले चाहँदैमा फाल्न सक्दैन'
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता लिएको ४५ वर्ष भैसकेकाले कसैले चाहेर फाल्न नसक्ने बताउनुभएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि आज पहिलोपटक पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
'अहिले पार्टी सदस्यको कुरा हो । पार्टी सदस्य भएकै ४५ वर्ष भइसक्यो । मदन भण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा सदस्यता लिएको हुँ । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन', भण्डारीले प्रष्टताका साथ भन्न…