सम्बोधनपछि धारणा राख्ने क्रम जारी
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक च्यासलस्थित मुख्यालयमा शुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि बैठक औपचारिक रुपमा शुरु भएको छ ।
अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलले केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधनको प्रस्ताव पेश गरेपछि नेताहरुले पालैपाले तीन मिनेटमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । पहिलो दिनको बैठकको कार्यसूचीमा विधान महाधिवेशनको तयारीबारे पनि छलफल गरिँदै छ ।
प्रधानमन्त्री ओलीसहित वरि…