घुस काण्डपछि मन्त्रीको प्रष्टोक्ति : जाँड खुवाएर अडियो बनाइयो
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘३२ लाख घुस डिल’ गरेको भनिएको अडियो नियोजित रुपमा बाहिर ल्याइएको दाबी गरेका छन् । मालपोत कार्यालय कास्कीका अधिकृतको सरुवा गत पुसमै भएको र स्वार्थ समहूले अहिले नियोजित रुपमा अडियो तयार पारेको उनको जिकिर छ ।
एक वर्षे प्रगति विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले कोही कसैसँग एक रुपैपाँ पनि घुस नलिएको र कसैले प्रमाणित गरेमा जस्तोसुकै सजाय भोग्न पनि तय…