रुपन्देहीमा उपनिर्वाचनको तयारी, घोषणा गरिँदै उम्मेदवारी
गणतन्त्रमा जोकोहीलाई बोल्न र पद ताक्ने छुट छ । गणतन्त्रात्मक व्यवस्थाको विशेषता भनेकै यही हो । सयौं जना अंगभंग, दर्जनौं घाइते, कयौँले जेलनेल सहेर, कतिपयले सहादत प्राप्त गरेर आएकोे यो व्यवस्थालाई यतिबेला धेरैले ठट्टा मानिरहेका छन् । यतिसम्मकी हिजोआज कसैलाई कुनै चिया वा कफीसपमा बसेर नेता बन्ने झोँक चलेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उम्मेदवार बन्न भनि सामाजिक सञ्जालमा पोस्टाइरहेका हुन्छन् ।
२–४ जना पत्रकार जम्मा गरेर पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा भइ…