विनोद चौधरीलाई काँग्रेस नेताको सोधनी- ‘पैसा नै योग्यता हो ?’
डलर अर्बपतिका नाममा आफ्नो काम तमाम गर्दै आएका विवादास्पद व्यवसायी तथा काँग्रेस सांसद विनोद चौधरीलाई पार्टी नेताहरुले मुखभरिको जवाफ दिएका छन् । काँग्रेस नेता गुरूराज घिमिरेले चौधरीलाई पैसाको आडमा पार्टीभित्र चलखेल नगर्न चेतावनी दिदै सामाजिक सञ्जालमा लेखेर चौधरीसँग आठ बुँदाको जवाफ मागेका छन् ।
पहिले एमाले सांसद रहेका चौधरी पछिल्लो आमनिर्वाचनपछि काँग्रेस सांसद बनेका हुन् । पैसाको आडमा पार्टीका संस्थापन पक्षका केही नेतासँगको आडमा आफ्नो स्वार्थ पूरा गर्दै आएका चौधरी…