उत्तरदक्षिण जोड्ने पैसा किन काटेको ?
सरकारले सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन तीनवटै उत्तर–दक्षिण जोड्ने सडकको बजेट कटौती गरेको छ । ०८२/८३ को बजेटमा महाकाली कोरिडोर, सेती राजमार्ग र खुटिया–दिपायल–बझाङ सडकको बजेट घटाइएको हो ।
उत्तर–दक्षिण जोड्ने निर्माणाधीन सडकमा प्राथमिकतासहित बजेट विनियोजन गर्नुपर्नेमा उल्टै घटाइएको छ । हाल तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय सीमा जोड्नेगरी तीनवटा सडक निर्माणाधीन छन् । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको…