अन्तत: कर्णालीमा कँडेलको भाग्य खुल्यो
एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले उनलाई आज अपराह्न मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि कँडेलले २३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।
उनलाई माओवादी केन्द्रका १३, एमालेका ९ र एकीकृत समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सांसद चाहिन्छ ।
गत चैत २१ गते राजकुमार शर्माले राजीनामा दिएपछि प्रदेश प्रमुख परिवारले आज स…