संसदमा ‘निःशुल्क स्वास्थ्य उपचार' सम्बन्धी संकल्प प्रस्ताव पेश
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता' सम्बन्धी संकल्प प्रस्ताव पेश भएको छ । आज बसेको बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेश गरेकी हुन् ।
पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुले प्रस्ताव दर्ता गराएको उनले जानकारी दिईन् । ‘नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन् । अकालमा कयौंको ज्यान गईरहेको छ', उनले भनिन्, 'नागरिकको निःशुल्क स्वास्थ्य उपचारको सुन…