कमरेडहरुका रातारात लाद्ने मात्रै कुरा
पूर्वपञ्चहरूको पार्टी राप्रपा र क्षेत्रीयतावादमा विश्वास गर्ने जसपालाई साथ लिएर पाँचदलीय गठबन्धनविरुद्ध मैदानमा उत्रिएको नेकपा (एमाले)ले गत आमनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन सकेन । चुनावमा बहुमत ल्याएर वैधानिक रूपमै सत्ता कब्जा गर्ने रणनीतिमा धक्का लागेपछि संगठन विस्तारलाई प्राथमिकतामा राख्दै ‘मिसन ग्रासरुट अभियान’ चलाएको एमाले अहिले ‘जरा अभियान’ मा छ तर ०८४ मा एकलौटी जितेर बहुमतको सरकार बनाउने लक्ष्यमा आधारित यस्ता अभियान खासै फलदायी भैरहेको दे…