खोंचमा जिल्ला सम्मेलन गरेपछि काँग्रेसभित्र अनेक तर्क
नेपाली काँग्रेस रोल्पाले सदरमुकाम लिवाङमा आफ्नो दोस्रो जिल्ला सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनअघि काँग्रेसले पञ्चेबाजासहित शक्ति प्रदर्शन गरेको थियो । तर, धुमधामका साथ आयोजना गरिएको सम्मेलन ‘नुनबिनाको तरकारी’ जस्तै बनेको एकथरी काँग्र्रेसीको निश्कर्ष छ ।
महामन्त्री गगनकुमार थापालाई सम्मेलनमा प्रमुख अतिथि बनाइएको थियो । तर, महामन्त्रीको भाषण सुन्न उपस्थित भएकाको संख्या तुलनात्मक रुपमा न्यून भएपछि कारण खोज्न थालिएको छ । काँग्रेसमा सभापति शेरबहादुर देउवा र नेत…