अदालतको आदेशकै घोर अपमान
२०७२ को महाभूकम्पपश्चात् तत्काल त्रिपाल खरिद गरी भूकम्पपीडितलाई उपलब्ध गराउने भन्दै शहरी विकास मन्त्रालयलाई जिम्मेवारी प्रदान गरियो । व्यवसायी सुनीलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरे । तर, यी व्यवसायीले पाउनुपर्ने झण्डै ६ करोड रूपैयाँ अहिलेसम्म निकासा भइरहेको छैन ।
व्यवसायीमार्फत एक लाख ५१ हजार थान त्रिपालहरू आपूर्ति गरिएको मन्त्रालयको निर्णयमा देखिन्छ । वैशाख १९ गते मन्त्रीस्तरको निर्णयअनुसार त्…