आजदेखि एक महिने रमजान पर्व शुरु
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ ।
एक महिनासम्म उनीहरु ब्रत अर्थात् रोजा बस्छन् । यो वर्ष हिजरी सम्वत् १४४४ हो भने रमजानको नवौँ महिना हो ।
मुस्लिम क्यालेण्डरअनुसार आज बिहान ४ बजेर १० मीनेटदेखि बेलुकी ६ बजेर २० मीनेटसम्म उनीहरु पानी पनि खाँदैनन् । एकाबिहानै र रात परेपछि मात्रै खाना खाने गर्छन् ।
बालबालिका, बिरामी, अशक्त र गर्भवतीलाई रोजा अनिवार्य छैन ।