बेलायती संसदीय टोली एनएमबी बैंकको निरीक्षणमा

बेलायती संसदीय टोली एनएमबी बैंकको निरीक्षणमा

बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेण्टका सदस्यहरुले एनएमबी बैंकको भ्रमण गरेका छन् । इन्भेष्टमेण्टसँग सहकार्य गरेको एनएमबी बैंकमा भएको प्रगतिबारे जानकारी लिन अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा आएको टोलीले सामूहिक अवलोकन गरेको बैंकले जनाएको छ । 

टोलीले बैंकले गर्दै आइरहेको दीगो बैकिङ्ग अभ्यासबारे जानकारी लिएको थियो । प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले टोलीलाई आफ्नो संस्थाको प्रगति विवरण सुनाएका थिए । बैंक तथा समग्र मुलुकको दीगो विकास लक्ष्य प्राप्त गर्न उक्त सहकार्यले उल्लेखनीय योगदान पुर्याएको सीईओ केसीको भनाइ थियो ।

‘नेपालको दीगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपूर्तिका लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेण्टजस्ता संस्थाले प्रदान गर्ने अनुदानको निकै महत्व छ,’ केसीले भने । प्रतिनिधिहरुले बैंकको प्रगतिको प्रशंसा गर्दै जलविद्युत परियोजनामार्फत बैंकले समुदायको विकासमा पुर्याएको योगदान अपरिहार्य भएको बताएका थिए । बैंकले फरक ढंगले महिलाहरुको सशक्तिकरणमा गरेको पहल स्पष्ट देखिएको उनीहरुले उल्लेख गरेको बैंकको दाबी छ ।  

पछिल्लो २६ वर्षदेखि सञ्चालनमा रहेको बैंकको मुलुकभर २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टर छन् ।

टिप्पणीहरू