वसन्त ऋतु लागेसंगै हिमाल चढ्नेको लर्को
यो वर्षको वसन्तमा सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अनुमति माग्नेहरुको संख्या बढेको छ ।
सगरमाथा चढ्नका निम्ति हिजोसम्म चार टोलीका ३१ जनाले अनुमति लिएका छन् । जसमा २४ जना पुरुष र सात जना महिला रहेका छन् । पर्यटन विभागकाअनुसार पाँच टोलीले अन्नपूर्णका लागि अनुमति पाइसकेका छन् । उक्त टोलीमा ३८ पुरुष र १६ महिला गरी ५४ जना छन् ।
सुर्मा–सरोभर हिमाल आरोहण गर्न दुई जनाले अनुमति पाएका छन् । त्यस्तै, एक टोलीका ६ जनाले पंग्री गोलडुम्बा हिमाल चढ्नका लागि …