स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन खुल्ला
सरकारले वैदेशिक रोजगारीमा जानेलाई स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था मिलाउन लागेको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । यसका लागि ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्र स्थापना गरिने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित,मर्यादित, सुरक्षित,भरपर्दो, पारदर्शी तथा सहज बनाउनुका साथै सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्…