चुनावमा खटिएका सेनाको चिन्ता

चुनावमा खटिएका सेनाको चिन्ता

विभिन्न अपरेशनल तालिमसहितका कार्यमा खटिने तथा विपदजस्ता आपतकालीन कार्यहरुमा परिचालन हुने फौजका लागि आवश्यक पर्ने ड्राइ राशनको आपूर्ति कार्यमा तोकिएको स्केलअनुसार आपूर्ति भएको छैन । एमआरई (मिल रेडी टु इट) जस्तो राशन स्केल हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खटिँदा प्रयोग गरिएको थियो ।

दुःखको कुरा, ७० ग्राम चाउचाउ हुनुपर्नेमा ५५ ग्राम खाएर आफ्नो भोक टार्नुपर्ने अवस्था भयो । एक कप चियाको स्केलमा कम चिनी र दूधको प्याकेटसमेत दिइएन । गर्मीमा जुस पिउनका लागि दिइने पाउडर पनि स्केलभन्दा कम थियो ।

त्यसैमाथि ठेकेदारले समयमा आपूर्ति नगर्दा हामीलाई दैनिक महिनाको राशनबाट कट्टा गरी एमआरई रासनमा मिलान गर्न अप्ठेरो भएको छ । हालको आपूर्तिकर्ता चेक आदानप्रदानमा पनि केही समय कालोसूचीमा परिसकेको पात्र हो । 

– पीडित सैनिकका तर्फबाट
 

टिप्पणीहरू