जर्नेलहरुले यतिसम्म गर्दा रहेछन् ज्यादति

जर्नेलहरुले यतिसम्म गर्दा रहेछन् ज्यादति

नेपाली सेनाको नं. ११ बाहिनी एयरपोर्ट हवाई विभागका फिक्स्ड विङ विमान उडाउने पाइलट जर्नेल रामसुन्दर बोहरा आजकाल २०८१ भदौमा नयाँ चिफ आफूनिकट अशोक सिग्देललाई बनाउन कुदिरहेका छन् ।

अशोकलाई चिफ बनाउने प्यानलमा पाइलट जर्नेल आशिष राणा, नीति विभागका मानबहादुर महरा, अर्का जर्नेल प्रदीप केसी र स्थपति निर्देशनालयका प्राविधिक उपरथी भोला बुढाथोकी छन् । धेरैजसो बिदाको दिन उनले आफ्नो घरमा कालिजको मासु र ढिँडो पार्टीको आयोजना गरिरहेका छन् । उनी २९ बेसिकका खुराफाती अधिकृत हुन् । कात्तिकदेखि चिलगाडी चलाउने दुईतारे जर्नेल आशिष राना घर बस्दै छन् । तराई क्षेत्रमा मात्र विमान ल्याण्ड गराउन सक्ने यिनले जागिर अवधिभर दुई सय घण्टा पनि उडान गरेको रेकर्ड छैन ।

बिदाको दिन अशोक जर्साबको बूढानीलकण्ठस्थित घरमा पनि ब्ल्याक लेबल, कालिजको मासु र ढिँडोको पार्टी चल्ने गर्छ । रामसुन्दर दिनरातै त्यहीं भेटिन्छन् । दुई बोतल एक्लै पिउने बानी भएका यिनले नीति अफिसमा बसेर निकै कमाएका छन् ।

रथी सरोज राणाको रिटायरपछि ताराध्वज पाण्डेलाई चिफ बनाउने भनेरै हाल डीजीएमओ प्रमुखमा राखिएको अनुमान छ । तारा २०५८ सालमा संकटकालका बेला बर्दिया गणको कमाण्डिङ अफिसर थिए । आफैं विभिन्न अपरेशनहरुमा भाग लिएर सफलतापूर्वक दाङ, रोल्पा, समशेरगञ्ज र कुसुमबाट हतियार, गोलीगठ्ठा र बन्दोबस्तीका सामान तथा हतियार प्राप्त गर्न सफल भए । बर्दिया राष्ट्रिय निकुञ्जमा रहँदा चोरी सिकार नियन्त्रण गरेबापत ‘जिरो एन्टी पोचिङ इयर’ अवार्ड पाउन उक्त ब्यारेक सफल भएको थियो । पाण्डेको बटालियनले गणेशपुरको अपरेशनमा दुई पल्टन ट्रुप्स खटाई मेजर नवल साहको अजयदल गुल्मलाई सफलता दिलाएको र माओवादीतर्फ ठूलो क्षति गराएको उक्त गणका ट्वाइसी किशोर सिलवाल बताउँछन् । 

पाइलट रामसुन्दर भने क्याडेट नं. २९ मा पास आउट भएर सबुज गण इन्फेन्ट्रीमा जागिर खान नसकी लप्टन हुँदैखेरि कारवाहीमा परेका थिए । मानविकीको नक्कली सर्टिफिकेट पेस गरेर टेक्निकल फिक्स्ड विङतर्फको पाइलट बनेका हुन् । उनले सोलुखुम्बु जिल्लातिरको आफ्नो नाम, थर मिल्ने एक जनाको सर्टिफिकेट ओरिजिनल भनी पेश गरेको छाउनीतिर व्यापक चर्चा छ । हवाई सेवामा फिक्स्ड विङ पाइलटको ड्युटी कम छ । ६ वटा फिक्स्ड विङ विमान सर्भिसेबल छ । पाइलट दुई जना मात्र छन् । आशिष र रामसुन्दर एक वर्षमा पाँच पटक पनि उडान भर्दैनन् ।

पहिला राजा–महाराजलाई एभ्रो जहाजमा सयर गराउँदा अरुले नजिक हुने मौका पाउलान् भनेर फिक्स्ड विङतर्फ यिनले अरु पाइलट उत्पादन हुने अवसर नै दिएनन् । ट्रेनिङका लागि कसैलाई पनि विदेश पठाएनन्, बरु विभिन्न बहानामा आफैं पुगिरहन्थे । यी दुईले अर्ब मूल्य पर्ने विमानलाई ननसर्भिसेबल बनाएर नारायणहिटी म्युजियममा राख्न पठाए । त्यसैले अहिले ५६ वर्ष हुँदा पनि कतै केही इमर्जेन्सी प¥यो भने यी दुईले अफिसमा ताल्चा लगाएर कासा फ्लाइटमा हिँड्नुपर्ने बाध्यता छ । हवाई सेनामा ३.५० अर्बको जहाज उडाउने उनीहरु मात्र छन् । ३ अर्बको जहाज वर्षमा १० घण्टा पनि नउडाई राज्यको ढुकुटी रित्याएका छन् । अरु बेला फ्लाइट ड्युटी गर्न मान्दैनन् । ‘वी आर वल्ड’ भन्छन् । 

हवाई निर्देशनालय हेडक्वार्टरका हाकिम आशिषले फिक्स्ड विङ जहाजको सट्टा एमआई–१७ र अरु सानो हेलिकप्टर उडान भर्न जुनियर पाइलटलाई खटाउँछन् । विडम्बना एयरपोर्ट भएको ठाउँमा फिक्स्ड विङ खटाउनुपर्नेमा हेलिकप्टर पठाउँछन् । रामसुन्दरको दिनचर्या बिहान अफिस आउने, दिनभरि गफ चुट्ने, ६ कप जति कफी खाने, महिनामा तीनपटक बियर पार्टी गर्ने मात्रै छ । 
रामसुन्दरले हवाई सेनामा १० वर्षअघि एक दर्जनजति गोपिनी सेना भर्ना गरेका थिए । क्याप्टेन र मेजर हुँदा चौलागाईंसँग अफिसमै काण्ड मच्चाए । एयरपोर्टकै सेकुवा र डान्समा मस्ती मार्दा लफडामा परेपछि पाइलट रमेश बिष्टले जोगाए ।

२०७७ सालमा आफू चाँडै जर्नेल हुन पूर्णचन्द्र थापानिकट नजिक केही अधिकृतलाई लिएर सुबर्ण बिष्टलाई छिर्के लगाएर मदिरा पिएर जहाज उडाएको र तरुनीसँग सुर्खेत क्याम्पमा बसेको भनेर ओजी कर्णेल सुवास थापालाई प्रयोग गरी पदावधि नै नथपी घर पठाएर आफू जर्नेलमा चाँडो पदबहाली भए । सुवर्ण बिष्ट कासा जहाजको क्वालिफाइड पाइलट थिए । उनी गएपछि उक्त जहाज पाइलटको अभावमा आज पनि ग्राउण्डेड छ । १० वर्षअघि नेपाली सेनाको करोड मूल्य पर्ने स्काई भ्यान विमान ग्राउण्डेड, अनसर्भिसेबल बनाएर मर्मत गर्न धेरै पैसा खर्च हुन्छ भन्ने रिपोर्ट बनाई कवाडीको भाउमा अफ्रिकी देशमा आफैं पु¥याए । उक्त स्काइ भ्यानले हाल पनि अफ्रिकामा राम्रो उडान गरिरहेको छ । स्टोरको सामान घरमा लगेर, बेचेर पाइलट सुधीर बस्नेतलाई पनि जागिरबाट हात धुन बाध्य बनाउने यिनै दुई पात्र हुन् । यिनले सुवास थापालाई हातमा लिएर हवाई निर्देशिका लागू गरेका छन् ।

इञ्जिनियरलाई हेपेर बोल्छन् । पाइलटभन्दा इञ्जिनियर, अफिसरले धेरै अध्ययन गरेका छन् तर सँगै जागिर खाएका दुई साथी हवाई फिल्डमा प्रवेश गर्दा कसैलाई मेजरमै घर पठाएका छन् । जसको कारण अशोक सिलवाल, बैकुण्ठ, निरज, राजकुमारहरुले धमाधम राजीनामा दिन बाध्य भए । यो कुरा प्रभुराम चिफ साबलाई पनि राम्रो जानकारी छ तर विभिन्न कारणले गर्दा आँखा चिम्लिएका छन् । 
पाइलटतर्फ तीन जर्नेल र इञ्जिनियरतर्फ एक मात्र जर्नेल छन् । पाइलटतर्फ आठ कर्णेल, इञ्ज्निियरतर्फ तीन कर्णेल, पाइलटतर्फ १२ आइटी कर्णेल र इञ्जिनियरतर्फ चार आइटी कर्णेल हुँदा रामसुन्दरले अघिल्लो महिना भ्रष्टाचारी इञ्जिनियर दिपक बास्तोलाको प्रमोसन हुन नदिन धेरै खुराफात गरेका थिए । विगतमा रविन्द्र बस्नेत, भुवन प्रधान, विवेक खड्का, अर्जुन खड्कालाई यस्तै पासा खेलेर घर जान बाध्य बनाउँदा आज पाइलटको अभाव छ । भीभीआईपीको जेन्टलम्यान सिनियर पाइलट जर्नेल सञ्जिव घिमिरेलाई पनि किरण र सुवासलाई हातमा लिएर घर पठाउन लागिपरेका थिए । सुवास पनि आफ्नो चाँडो पालो आउँछ भनेर लागिरहेकै थिए । यतिबेला पूर्णचन्द्र एक महिने घरबिदामा थिए ।

धन्न हालका शर्मा चिफ साबबाट निगाहबक्स भयो र उक्त कुरामा भविष्यमा कुनै रिपोर्ट नगर्नु भनी फाइल बन्द भएको सूचना जारी गरियो । त्यतिबेलाचाहिँ निजको पासाले काम गरेन । निजले केही आफूनिकट फिक्स्ड र रोटर विङ्सका दुई सिनियर क्याप्टेन पाइलटहरुलाई जुनियर ग्रेडिङ बनाए । रामसुन्दर १० वर्षअघि सञ्जिव जर्नेलभन्दा जुनियर फ्लाइङ आवर्स पाइलट हुन् । गज्जबको कुरा त यो छ कि सञ्जिव क्याप्टेन भएर हेलिकप्टरको ड्युटी लिँदा राम र आशिष भर्खर एबीसीडी पाइलट पढ्न विदेश गएका थिए तर गौरव चिफको कार्यकालमा चाकडी गरी सञ्जिवलाई जुनियर बनाउन भ्याए ।

निजले अहिले पनि मिड एयर बेस हवाई सेवामा आफूजस्तो कोही पाइलट छैन भनी घमण्ड गर्छन् । राशनको बजेट फर्निचर किनेको बिल बनाएर खाने गरेका छन् । प्राइभेट फण्डमा कमिसन खाएर सरकारी वाणिज्य बैंकबाट झिकी अग्रवालमध्येको लक्ष्मी बैंकमा जम्मा गरेका छन् । एयरपोर्टको गेटैमा लक्ष्मी बैंकको एटिएम मेसिन राखेका छन्, जसको बदलामा आफ्ना नातागोताका दुई–चार जनालाई सोही बैंकमा जागिर दिलाएका छन् । हवाई ब्यारेक घरमा एयरपोर्टको स्पेयर पार्ट्स राख्न ५० लाखको ग्लास हाउस बनाएर लाखौं कमिसन हात पार्ने यिनै हुन् । यिनलाई घर पठाएपछि मात्र हवाई सेवाका इञ्जिनियर र पाइलटको कुरुक्षेत्रमा शान्ति आउँछ । 

– रिटायर्ड पीडित जुनियर इञ्जिनियर तथा पाइलट अधिकृतहरु
 

टिप्पणीहरू