भारतले हान्यो छोटो दूरीको मिसाइल
भारतले नयाँ खालका छोटो दूरीमा प्रहार गर्ने मिसाइलको सफल परीक्षण गरेको छ । रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले एकीकृत परीक्षण दायरामा ल्याइएका एयर डिफेन्स सिस्टम ( भीएसएचओआरएडइएस) को लगातार दुई सफल उडान परीक्षण उडिसामा गरेको जनाइएको छ ।
उक्त मिसाइलको डिजाइन र विकसित स्वरुप छोटो दूरी र कम उचाईमा हुनसक्ने हवाई आक्रमणलाई रोक्नु रहेको डिआरडिओको भनाइ छ । भारतीय रक्षा मन्त्रालयका अनुसार उडान परीक्षण उच्च गति र मानवरहित हवाई लक्ष्यविरूद्ध जमिनमा आधारित पोर्टेबल माध्यम…