ठिटा कर्णेलले यसरी बनाए ठाउँ
अमिनाता १४ वर्षकी थिइन् । सधैँ झैँ वागाडुगुस्थित स्कूलबाट घर फर्कंदै थिइन् । उनी दिनहुँ १५ मीनेट हिँडेर स्कूल जान्थिन् र फर्कन्थिन् । त्यो दिन उनले ब्याग बोकेकी थिइन् र गणितको किताब हातले च्यापेकी थिइन् । तर, त्यो दिन समयमा घर फर्किनन् । साँझ ४ः४५ बजिसक्दा पनि छोरी घर नपुगेपछि उनकी आमा निकै डराइन् । लगत्तै छोरालाई फोन गरी छोरी अझै घर नफर्केको जानकारी दिइन् । त्यसबेला अमिनाताका दाजु इब्राहिम अत्यन्त महत्वपूर्ण बैठकमा थिए, रक्षामन्त्रीको कुरा सुन्दै थिए । आमाले डराइडराइकन फोन गरेका…