बालेनको खाद्य सल्लाहकार
मेयर बालेन साहले पनि चुनावमा उम्मेदवार उठाउने भएछन् । बुटवलमा अब हुने उपचुनावमा बालेनका एक सल्लाहकारले उम्मेदवारी दिने रे ! भन्नाले दललाई नमाने पनि बालेन बहुदलीय व्यवस्थामा चाहिँ प्रवेश गर्ने भएछन् । दल नमान्ने तर बहुदल मान्ने । यो पनि नेपाली लोकतन्त्रको नयाँ प्रयोग नै होला ।
सुनिन्छ, यो बहुदलीय प्रतिस्पर्धामा बालेनका तर्फबाट जो उम्मदेवारी दिँदैछन्, उनी बालेन साहका खाद्य सल्लाहकार हुन् । सल्लाहकार त बालेनका धेरै छन् । उनका कति धेरै सल्लाहकार छन् भन्ने कुरा त अहिले म…