एमसिसीको अर्को मोर्चा
सबैतिरका एमसिसी परियोजना रद्द गरे पनि नेपालमा भने सहयोग जारी नै राख्ने अमेरिकी घोषणापश्चात् फेरि एकपटक अब एमसिए नेपाल कसरी अघि बढ्छ भन्ने प्रश्न अहं बनेको छ । एमसिसी परियोजनालाई नितान्त विकास परियोजनाका रूपमा मात्र हेर्ने वा यसलाई फरक ढङ्गले पनि बुझ्न आवश्यक छ भन्ने एउटा तर्क र छलफलको विषय बन्ने देखिँदैछ । सबैतिर यस प्रकारको सहयोग कटौती गर्दासमेत नेपालमा भने यसलाई जारी राख्नु आफैँमा महत्वपूर्ण पक्ष हो । यसले के देखाउँछ भने अमेरिकाका लागि नेपाल रणनीतिक महत्वको त्यस्तो क्षे…