साप्ताहिक समाचार

ढुकुटीको नाममा सयौं चेली सुकुटी

ढुकुटीको नाममा महिला भेला गर्दै सोझालाई छानेर घर न घाटको बनाइदिने धन्दामा चौथो ठूलो पार्टी राप्रपा नेपालका महामन्त्री राजाराम श्रेष्ठ लागेका छन् । प्रतिमा थापा श्रेष्ठमार्फत सोझा महिलालाई घरबारविहीन बनाउने गरेका हुन् । एभरेस्ट क्यासिनोकी जागिरे प्रतिमाले मध्यबानेश्वरमा बसेर त्यस क्षेत्रका महिलालाई ढुकुटी खेलाउने गर्थिन् । २० जनालाई समेटेर १० लाखको ढुकुटी चलाइन् । यसमा शंखमूल बस्ने टीकाकुमारी थापा पनि थिइन् । प्रतिमाले बढीमा ७ लाख बुझाएर १० लाख पाइने हिसाब देखाएपछि हौसिएकी …