नेताहरू, घर गएर कविता लेख्न थालौँ
नेपालका कैयन् पाठकलाई थाहा नहोला, अमेरिकी राष्ट्रपतिहरू थोमस जेफरसन, अब्राहम लिंकन, थिओडोर रुजबेल्ट, जोन एफ केनेडी, बिल क्लिण्टन र बाराक ओबामा राम्रै लेख्छन् । क्लिण्टनले जेम्स पिटरसनसँग मिलेर थ्रिलर उपन्यास लेखेका छन् भने बाराक ओबामाको ‘मेरा पिताको सपना’, ‘आशाको साहस’ र ‘प्रतिज्ञाको भूमि’ आदि कृति साँच्चिकै पठनीय छन् । जोन एफ केनेडीले लेखेरै ‘पुलिट्जर पुरस्कार’ पाएका थिए भने थिओडोर रुजबेल्टले ३५ वटा पुस्तक र डेढ लाख पत्र …