कहाँनेर देखाए केपी ओलीले कमजोरी
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाकाली सन्धिताका खेलेको प्रत्युत्पादक भूमिकाका बाबजुद कालापानी र संविधानको मुद्दामा नेपालीले समकालीन राष्ट्रवादी नेतामध्ये पहिलो नम्बरमा राख्ने गर्थे । संविधान जारी भएपछि रुष्ट बन्दै नाकाबन्दी गरेका बेला भारतीय दबाबसामु नझुकेका उनले नेपालीको शिर ठाडो पार्ने गरी केही अडान लिए । त्यसैबेला चीनसँग सम्बन्ध विस्तार गरेर व्यापारिक सहजताका लागि नयाँ पारवहन सन्धिसमेत गरे । सम्पूर्ण नेपालीलाई गोलबद्ध गरेर एकताबद्ध मुलुकका रूपमा उ…