अर्थमन्त्रीको घरमा रङ्गरोगन शुरु

अर्थमन्त्रीको घरमा रङ्गरोगन शुरु

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिनु भएको छ । बैठकमा बोल्दै उहाँले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गर्नुभएको हो ।

आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको समेत शर्माको भनाइ छ ।

चुनावलक्षित बजेटको कुरा उठाइएकोप्रति उहाँले इन्डक्सन चुल्हो बाँडेर भोट ल्याउने उद्देश्य नभएको दाबी गर्नुभएको हो । बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको थिएन भन्दै मन्त्रीले उल्लेख गर्नुभयो, ‘देशको आर्थिक अवस्थालाई मात्र हेरेर, कसरी स्थायित्व ल्याउन सकिन्छ भन्ने आधारमा बजेट बनाइएको हो,अरु केही होइन ।’

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको सानेपा धोवीघाटस्थित घरमा बस्दै आउनुभएका शर्माको नजिकै धोवीघाटस्थित उज्यालो रेडियो नेटवर्क रहेको घर आसपास यौटा बङ्गला के कारणले हो अहिले धमाधम सरसफाइको काम चलिरहेको छिमेकीहरु बताउँछन् ।

टिप्पणीहरू