अवकाश पाउने र नयाँ आउनेको नालिबेली

अवकाश पाउने र नयाँ आउनेको नालिबेली 

बाग्मती प्रदेशको कृषि मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीमाथि भएको घात र अन्यायजस्तै श्रृंखला फेरि पनि दोहोरिएन भने आगामी जेठभित्रैमा आधा दर्जन सहसचिवहरु  सचिवमा उक्लनेछन् ।

यो लाइनमा छन् सहसचिवहरु गोकर्णमणि दुवाडी,विष्णु नेपाल र मधु मरासिनी,बीरबहादुर राई,उदय सापकोटा र धनराज ज्ञवाली ।
मानबहादुर विश्वकर्मा भने यो लटमा बढुवा हुनेछैनन् कार्यसम्पादन नम्बर काटिएका कारण ।

यता उमेर र सेवा हदका कारण आगामी महिनाभित्रै ५ सहसचिव घर जाँदैछन् । यसैसाता शिक्षासचिव महेश्वर दाहालले अवकाश पाइसकेका छन् । प्रदेशको प्रमुख सचिवबाट सञ्चार मन्त्रालयमा तानिएका दीपक सुवेदी आउँदो १ जेठबाट घर जानेछन् । यस्तै निजामती सेवामा इमान्दार सचिवको रुपमा पहिचान बनाएका विनोद केसीले श्रम मन्त्रालयबाट विदा लिँदैछन् १२ जेठबाट । दीपक,विनोदझैंं घर फर्कने लाइनमा छन् डिल्ली घिमिरे,राजीव गौतम र नारायण बिडारीहरु ।

प्रधानमन्त्री कार्यालयमा कानुन सचिवको कार्यभार सम्हाल्दै आएका डिल्ली घिमिरे आगामी  १५ जेठबाट, कानुन मन्त्रालय कमाण्ड गर्दै आएका राजीव घिमिरे २५ जेठबाट घर फर्कनेछन् ।  प्रधानमन्त्री कार्यालयका अर्काे सचिव नारायण बिडारी  १४ असारपछि घर जानेछन् ।

निजामती किताबखानाको तथ्यांकअनुसार

यो आर्थिक बर्षमा मात्र उमेर हद र सेवा अवधी पूरा गरी झण्डै ३ हजार कर्मचारीले अवकाश पाउन  लागेका छन् ।

टिप्पणीहरू