चुनावको मिति नतोकिँदै साँसदमा उठ्ने घोषणा

चुनावको मिति नतोकिँदै साँसदमा उठ्ने घोषणा

स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । यो वर्षभित्र प्रतिनिधि सभा र प्रदेश सभाको पनि निर्वाचन गर्नुपर्ने छ । तर सरकार र निर्वाचन आयोगले मितिबारे अहिलेसम्म ठ्याक्कै केही भनेका छैनन् ।

यता केही राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्वतन्त्र व्यक्तिले आगामी संसदीय निर्वाचनको निम्ति उम्मेदवारी घोषणा गरेका छन् । सोही क्रममा विवेकशील नेपाली दलको तर्फबाट पनि उम्मेदवार घोषणा गरिएको हो ।

दलका संस्थापक नेता तथा युवा सामाजिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।

टिप्पणीहरू