मुगुको जिल्ला सरकारमा कांग्रेसको एकलौटी
जिल्ला समन्वय समिति मुगुको प्रमुख, उपप्रमुखसहित बहुमत सदस्य नेपाली कांग्रेसले पाएको छ । तीनदलीय गठबन्धन जोगाउन कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक-एक सदस्य दिएर प्रमुख, उपप्रमुखसहित ६ जना सदस्य लिएको हो ।
कांग्रेसबाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध निर्वाचित भए । त्यस्तै,झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल,सोनाम लामा,ध्रुव बिक सदस्यमा निर्विरोध भएका छन् ।
माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल सदस्यमा चयन भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिसस गठनका लागि कांग्रेस,माओवादी र एकीकृत समाजवादीले तालमेल गरी उम्मेदवारी दिएका थिए ।
टिप्पणीहरू