हेटौंडामा जनप्रतिनिधिहरुको तालिम शुरु
वाग्मती प्रदेशले स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण तालिम थालेको छ ।
हेटौडामा उद्घाटन भएको उक्त कार्यक्रममा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको छ । तालिका अनुसार नै तालिम दुई दिनसम्म चल्ने छ ।
वाग्मती प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रममा जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण गरिने बताइएको छ ।
सात वटै प्रदेशमासञ्चालन भइरहेको अभिमुखीकरण तालिमले जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकास र वैज्ञानिक योजना निर्माण गर्न सहज हुने बुझिएको छ ।
टिप्पणीहरू