आफूले जितेको पालिकामा तल्लो वर्गलाई हेर्नु : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई तल्लो वर्गलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट बनाउन निर्देशन दिनुभएको छ ।
उहाँले सीमान्त वर्गमा रहेका जनतालाई ध्यानमा राखेर बनाइएको बजेटले मात्रै लक्ष्य प्राप्त गर्न सकिने धारणा राख्नुभएको हो । पार्टीको अर्थ तथा योजना विभाग प्रमुख समेत रहनुभएको पुनले सबैभन्दा पहिले आफूले जितको पालिकाबाट उक्त कार्यको थालनी गर्नुपर्ने अवस्था आएको भन्दै निर्देशनात्मक जानकारी दिनुभएको हो ।
टिप्पणीहरू