आवेदन गरेको दुई साताभित्र सबैलाई पासपोर्ट
राहदानी विभागले दुई साताभित्र सम्पूर्ण जिल्लाका सेवाग्राहीलाई राहदानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । विभागले उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका सेवाग्राहीलाई एक साता र अन्यलाई दुई साताभित्र राहदानी वितरण गर्ने जनाएको हो ।
साथै, अत्यावश्यक बाहेकको अवस्थामा राहदानी बनाउन काठमाडौं नआउन पनि अनुरोध गरिएको छ । विभागमा राहदानी बनाउनेको थामिनसक्नु भीड लाग्न थालेपछि विभागले अति जरुरीमा रहेका सेवाग्राहीले मात्र विभागमा आवेदन गर्न र अन्यले जिल्ला प्रशासन कार्यालयबाटै सेवा लिन भनेको छ ।
राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन दिएकालाई सम्बन्धित कार्यालयमा प्रत्येक हप्ता पठाउने व्यवस्था गरिएको बताएको छ ।
टिप्पणीहरू