स्वतन्त्र उम्मेदवारहरुको निश्कर्ष ‘दलको विकल्प दल’
काठमाडौं महानगर, धरान र धनगढी उपमहानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले बाजी मारेपछि एकाएक स्वतन्त्र उम्मेदवारहरुको चर्चा भयो ।
आगामी प्रदेश र संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भन्दै गत जेठदेखि प्रचार पनि थालियो । रेडियो नेपालका कर्मचारी हरिशरण लामिछानेले असार पहिलो साता काठमाडौंलगायत विभिन्न जिल्लाबाट आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे ।
भोलिपल्ट उनकै भाइ रवि लामिछानेले स्वतन्त्र पार्टी घोषणा गरे । उनले पार्टीको नामसहित चुनाव चिन्ह गोलाकारभित्रको घण्ट पनि पाएका छन् । त्यसपछि स्वतन्त्रको हैसियतमा आगामी निर्वाचनमा होमिने भन्दै चर्चामा आएका केहीले हिजो सानेपामा विशेष भेला बोलाए ।
सानेपाको हेरिटेज प्लाजामा उनीहरुले राजनीतिक दलका विकल्प पनि दल नै हुने बताए । उनीहरुले आगामी संसदीय निर्वाचनमा दल नै गठन गरेर संघ र प्रदेश निर्वाचनमा उम्मेदवारी दिनेबारे व्यापक छलफल गरेका छन् ।
टिप्पणीहरू