एमालेले अन्तरघातीलाई पानीमुनि गए पनि नछाड्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह चुनावमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानबिन र कारबाहीको सिफारिस निम्ति कार्यदल गठन गरेको छ ।
आज बसेको सचिवालय बैठकले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो । कार्यदल सदस्यमा पार्टी निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभाग प्रमुख खगराज अधिकारी रहेका छन् ।
‘स्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै एमालेमा परेको उजुरीको छानबिन र कारबाहीको सिफारिस निम्ति उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ’, प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने ।
टिप्पणीहरू