भारतीय राजदूत छिर्नुअघि र पछि को को पुगे खुमलटार ?
नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्सँग भेट गर्नुभएको छ । उहाँले खुमलटारस्थित दाहाल निवासमा अपरान्ह शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
त्यसअघि हिजो बिहान अध्यक्ष दाहालसँग भेटवार्ता गर्न बिहानै नेता नारायणकाजी श्रेष्ठ र ऊर्जामन्त्री पम्फा भुसाल पुग्नुभएको थियो । बिहान उहाँहरुबीच झण्डै डेढ घण्टा कुराकानी भएको मन्त्री भुसालको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी दाहाल निवासमा हिजै नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसालबीच भारतीय राजदूत फर्केपछि साँझ दुई घण्टा भलाकुसारी भएको थियो ।
टिप्पणीहरू