मर्ने मर्छन् बाँच्ने बाँच्छन् – अब लकडाउन खोलौं
विश्वमा विभिन्न समयमा फैलिएको महामारी रोगमध्ये एक कोरोना (आधिकारिक रूपमा सन् २०१९ डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन शुरु भएको मानिएको) ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले हाल विश्वभरिका प्रायः सबै देशलाई आतंकित पारेको छ । यो रोगलाई संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) को महामारीलाई विश्वभरि नै फैलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन घोषणा गरिसकेको छ ।
अहिलेको ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्रसंघमा आबद्ध भएका १९५ र अन्य देशले उपनिवेशको रूपमा वा अह्रन–खटन गरेर शासन गरिरहेको स–साना टापु देशहरू) गरी विश्वमा रहेका २२० वटा देशमध्ये २१० वटा देशमा (कोभिड–१९) को महामारी रोगको संक्रमण फैलिसकेको छ भने, ‘वोल्र्डोमिटर’ नामक एक संस्थाले दिनदिनै अपडेट गरी रहेको विश्वभरिकै विभिन्न देशमा (कोभिड–१९) को महामारीका कारण बिरामी भएका, मरेका, निको भएका, सिकिस्त बिरामी भएका आदि तथ्य–तथ्यांकअनुसार सन् २०२० मे १४ सम्ममा ४४ लाख ४२ हजार भन्दा बढी बिरामी भएका थिए भने, १६ लाख ६८ हजारभन्दा बढी बिरामी निको भएर घर फर्केका थिए । त्यस्तै (कोभिड–१९) का कारण २ लाख ९८ हजार मानिसले आफ्नो अमूल्य ज्यान गुमाएका थिए भने, ४५ हजार ९३१ जना सिकिस्त बिरामी थिए । तर, आज (यो लेख लेख्दै गर्दा÷सन् २०२० मे १४ सम्म) ४५ लाख २७ हजार २९० जना मानिस बिरामी छन् भने, ‘१७ लाख ५ हजार ८३३ जना बिरामी निको भएर घर फर्केका छन् । त्यस्तै (कोभिड–१९) का कारण ३ लाख ३ हजार ४१८ जना मानिसले आफ्नो अमूल्य ज्यान गुमाएका छन् भने, ४५ हजार ५५७ जना सिकिस्त बिरामी अवस्थामा छन् ।’
जबकि सन् २०२० अप्रिल २१ मा २४ लाख ९० हजार मानिस बिरामी भएका थिए भने त्यो वेला १ लाख ७० हजार ५०० मान्छेले आफ्नो ज्यान गुमाएका थिए । त्यस्तै ६ लाख ३५ हजार २५१ जना पूर्ण रूपमा निको भएर घर फर्केकाहरू थिए भने ५७ हजार ३३७ जना मानिस सिकिस्त बिरामी थिए । यसरी हेर्दा लगभग २६÷२७ दिनको अन्तरालमै (कोभिड–१९) को भाइरसको महामारीका कारण बिरामी हुने, मर्नेहरूको संख्या डबल जस्तै बढोत्तरी भएको देखिन्छ । तापनि सिकिस्त बिरामीको संख्या भने त्यो बेलाभन्दा लगभग १० हजारले कमी आएको देखिन्छ । त्यसो त भाइरल रोगका विज्ञहरूले गर्मी याम सुरु हुनेबित्तिकै आफै हराउने आशा वा भनौं अनुमान गरेका थिए । तर, यो महामारीको भाइरसले (कोभिड–१९) ले सन् २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राख्न सक्ने भनी केही विज्ञले बताइसकेका छन् । त्यसैले (कोभिड–१९) नामक भाइरसको महामारीका कारण अझै कति मान्छेलाई बिरामी बनाउने हो ? कति मानिसलाई परमधाम पु¥याउने हो ? अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन ।
जे होस्, नेपालमा पनि (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेत देखा परेपछि सुरुमा नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक साताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुदूरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई अधिकांश नेपाली जनताले सहर्ष स्विकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितको संख्या स्थिर रहनु वा घट्नुको सट्टा झनै बढ्दै गएपछि अझ भएन भनेर नेपाल सरकारले एकैचोटि (२ वर्षका लागि !) ०७७ वैशाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको थियो । तर, यसबीचमा नेपालका कोरोनाका संक्तमित बढ्दै गएपछि सरकारले अझै भएन ! भनेर फेरि जेठ ५ गतेसम्मलाई लकडाउन थपेको अवस्था छ । थाहा छैन, जेठ ५ गतेपछि सरकारले के गर्नै हो ? आजका मितिसम्म आइपुग्दा नेपालमा २५८ जनामा कोरोनाको संक्रमण देखिएको छ भने तीमध्ये ३५ जना निको भएर घर फर्केका छन् ।
वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तल–तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्÷भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रूपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नफैलियोस् भनेर धेरै देशले ‘लकडाउन’ वा संकटकाल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशले भैmँ ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ । तर, नेपालमा भनसुन र केही हदसम्म घुसखोरी चल्ने भएको कारण गर्दा जथाभावी सवारी पास वितरण गरिएकाले गर्दा संक्रमितको संख्या बढेको मान्नुपर्ने हुन्छ । खासगरी बागमती प्रदेशको राजधानी काठमाडौं उपत्यकामा त्यही देखिएको छ । त्यस्तै, उहिले नै कांग्रेसले ‘लौहपुरुष’, ‘सर्वमान्य नेता’ आदि ०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डरको पगरी गुथाइएका स्वर्गीय गणेशमान सिंहले भन्नुभएजस्तै हामी नेपाली ‘भेडा !’ भएकाले पनि कोरोना फैलनमा अरू बढी सहयोग पुगेको देखिन्छ । हुन त स्वर्गीय गणेशमान सिंहले ०४८ को संसदीय निर्वाचनमा काठमाडौंमा उम्मेदवार भएर उठेका आफ्नो श्रीमती (स्वर्गीय मंगलादेवी सिंह) र छोरो प्रकाशमान सिंहलाई काठमाडौंबाट हराएपछि काठमाडौंका जनतालाई आवेगमा आएर मात्रै पक्कै होइन होला, साँच्चै भेडा सम्झेरै होला ! उहाँले काठमाडौंका जनता ‘भेडा !’ हुन् भन्नुभएको थियो । तर, स्वर्गीय गणेशमान सिंहको सो भनाइ काठमाडौंका जनतामा मात्रै नभएर सिंगो देशभरिका जनतामा हालसम्म पनि लागू भएको देखिन्छ !
यदि हामी नेपालीहरू ‘भेडा !’ नभएर मान्छे भएको भए, कोरोना लागिहालेमा यसको स्थायी उपचार छैन, हालसम्म कोरोना महामारीको अचुक औषधि वा खोप बनेको छैन, त्यसैले सामाजिक दूरी कायम गर्नबाहेक कोरोनाबाट बच्ने अर्को उत्तम उपाय छैन ! भनेर विषय विज्ञहरूले भन्दाभन्दै बिनाकाम जथाभावी हिँडडुल गर्ने, सेल्फ आइसोलेसनमा नबस्ने, लकडाउन उल्लंघन गर्ने, क्वोरन्टाइनबाटै भाग्ने गर्छौं होला त ? कि ‘लकडाउन’ भनेको केटाकेटीले खेल्ने खेलाँची खेल हो ? त्यसैले अब मर्ने मर्छन्, बाँच्ने बाँच्छन्, नेपाल सरकारले जेठ ५ गतेपछि ‘लकडाउन’ खोल्नुपर्छ । नेपालमा ‘लकडाउन’ खोल्नुको अर्को महŒवपूर्ण कारण भनेको सरकारले जनतालाई हालसम्म खालीपेट (बिना नगद वा खाद्य सामग्री वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ ।) यसरी जनतालाई खालीपेट वा भनौं नगद वा खाद्य सामग्री वितरण नगरी कतिन्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ?
सरकारले बिना नगद वा खाद्य सामग्री वितरण ‘लकडाउन’ मा राखेको अवस्था छ भन्ने सन्दर्भ किन पनि जायज हो जस्तो लाग्छ भने, हालसम्म (०७६ चैत ११ देखि आजसम्म) म बसेको वडा–टोल, काठमाडांै महानगरपालिको ३१ नम्बरको प्रयाग मार्ग हो क्यारे ! पहिले ३४ वडा पथ्र्याे । लगभग ५४ दिनको यो लकडाउन अवधिमा एकपटक क्लबले १० किलो चामल, एक प्याकेट खाने तेल, आधा किलो चिनी दियो । अर्को एकपटक वडा कार्यालयले ५ किलो चामल, एक छटाक मस्यौरा, एक प्याकेट खाने तेल, ३ सय ग्राम होला चिउरा दियो । परिवारमा म र दुई (केटाकेटी) छोराछोरी छन् । त्यति खाने कुरोले मेरो परिवारलाई ५४ दिन खान पुग्यो होला त ? त्यसमाथि म मुटु, ब्लडप्रेसर, पिसाब थैली, युरिक एसिड, पायल्स आदि रोगको बिरामी छु । दैनिक ८ वटा औषधि खानुपर्छ । होइन यो भातेको कामचाहिँ केही छैन ! भन्दा म ‘नेपाल लाइफ इन्स्युरेन्स कम्पनी’ (जीवन बिमा कम्पनी) को एजेन्ट हुँ । त्यसबाहेक यसरी नै आक्कल–झुक्कल विभिन्न पत्रपत्रिका र अनलाइन न्युज पोर्टलमा यसो लेखिटोपल्छु । त्यो पनि लेखस्वः दिन सक्ने पत्रपत्रिकाले मेरो लेख छाप्दैनन् । मेरो नियमित आम्दानी हुने खास काम केही छैन । अब मैले के गर्ने ? चम्चामा पानी उमालेर मर्ने ! त्यसैले सरकार !, यसरी जनतालाई खालीपेट वा भनौं नगद वा खाद्यसामग्री वितरण नगरी कतिन्जेल भावनामा नबगी ! ‘लकडाउन’ मा बस भन्ने ?
यही कारणले गर्दा पनि अब ‘लकडाउन’ खोल्नै पर्ने देखिन्छ ।
किनभने, बल्लतल्ल मान्छे भएर यो धरतीमा जन्मेको ! अकाल मृत्युवरण किन गर्ने ? भनी सम्झनेहरू मानव जीवनको महत्व र मूल्य बझेकाहरू, आफ्नो जीवनको माया लाग्नेहरू, मर्नदेखि डराउनेहरू आफैं सामाजिक दूरी कायम गरेर, सावधानी अपनाएर बाँच्छन् । आ … जेसुकै होस् छु मतलब ! भन्नेहरू मर्दै गर्छन् । त्यसैले सरकार ! अब ‘लकडाउन’ खोल्ने पर्छ । कि आजभोलि नै आउन लागेको सरकारको नीति तथा कार्यक्रममा जो छ, सो नीति तथा कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले पहिलेजस्तो नेपाली जनतालाई ‘भावनामा नबग्नु ! भन्ने अर्ती–बुद्धि’को सट्टा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएर लकडाउनमा बसेका निम्छरो जनतालाई ‘विभिन्न राहतको पोको ! प्रस्तुत गरिँदै छ ? किनभने, अर्ती–बुद्धि, उपदेश मात्रैले त मान्छेहरू कसरी बाँच्लान्, सरकार ?
नोट : थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
टिप्पणीहरू