प्रधानमन्त्रीका कानूनी सल्लाहकारको कारण रोकिएको ठाउँमा अहिले मतदान

प्रधानमन्त्रीका कानूनी सल्लाहकारको कारण रोकिएको ठाउँमा अहिले मतदान

बाजुराको बूढीगंगा नगरपालिकामा आज पुनः मतदान शुरु भएको छ । गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा भएको मतदान रद्द गरिएपछि आज पुनः मतदान भएको हो । त्यहाँ महान्यायाधिवक्ता खम्ब खातीका दाइ मेयरमा उठेका छन् । उनैलाई जिताउन केही वडामा काङ्ग्रेस र अर्को ठाउँमा एमालेले बुथ कब्जा गर्दा सिडियो र डिएसपीहरु नै सरुवा हुनेगरी निर्वाचन रोकिएको र सर्वोच्च अदालतले पनि फेरि चुनाव गराउन आदेश दिएको थियो ।

मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेका अनुसार, पुनः हुन लागेको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

आज १० वटा बुथ र १९ वटा मतदान केन्द्र कायम गरिएको छ ।

टिप्पणीहरू